STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

अग्रज मेकअप आर्टिस्टहरुले खोले सुविधाजनक सैलुन

Janjati Khabar – विजयरत्न असंबरे | २०७७ आश्विन १६, शुक्रबार

चालिस वर्षभन्दा बढी समय देखि सिने क्षेत्रमा मेकअप आर्टिष्टका रुपमा काम गर्दै आईरहेका नेपालकै पहिलो मेकअप आर्टिष्ट मध्ये एक मानिने सन्तु तामाङ्ग र अर्का वरिष्ठ मेकअप आर्टिस्ट श्याम बरालको संयुक्त प्रयासमा अनामनगरको बिगमार्टसंगै खोलिएको फिल्म मेकअप स्टुडियोको उद्घाटन नायिका कारिश्मा मानन्धर र अभिनेता सुनिल थापाको प्रमुख आतिथ्यमा रिबन काटेर सम्पन्न भएको छ ।

उद्घाटन कार्यक्रममा कलाकार अग्रज चलचित्र छायाङ्कार गौरीशंकर धुँजु , अग्रज चलचित्र पत्रकार विजयरत्न तुलाधर , वरिष्ठ चलचित्र पत्रकार डब्बु क्षेत्री , अग्रज कलाकारहरु सुभाष गजुरेल, हाँस्य कलाकार उत्तम के.सी., विजय बिस्फोट , नायिका पूजा शर्मा, नायक आकाश श्रेष्ठ, चर्चित ट्याटु आर्टिष्ट सुमिना श्रेष्ठ, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खडका, चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामा, मेकअप आर्टिष्ट अशोक रोक्का, पत्रकार सानुकाजी श्रेष्ठ, रंगपत्रकार गीता अधिकारी लगायतका ब्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

शैलुनमा उपलब्ध हरेक सेवा सुविधामा एक हप्तासम्म विशेष छुट दिने र आफ्नो ग्राहकको इच्छा, चाहनालाई मध्यनजर राख्दै हाइजेनिक सेवा दिने र स्वास्थ्य मापदण्डको पालना गरी सेवा प्रदान गर्ने जानकारी सञ्चालक मध्यका श्याम बरालले दिएका छन् । भविष्यमा अझै सर्वसुलभ तरिकाले अरु सेवाको विस्तार गर्दै जाने र विभिन्न किसिमका मेकअप ट्रेनिङ दिदै दक्ष जनशक्ती उत्पादन गरी ब्यरोजगार युवा जमातलाई आत्मनिर्भर बनाउने बिचार रहेको बरालले बताए भने सन्तु तामाङ्गले हाल कोरोना संक्रमण जोखिम रहिरहेको अवस्थालाई ध्यानमा राखि सुरक्षाका सबै उपाय अबलम्बन गरी ग्राहक सबैलाई सुरक्षित सेवा प्रदान गर्ने बताए ।

Categorized in सिनेमा