अनियमिता गरेको भए जेसुकै सजाय भोग्न तयार छु : धुर्मुस
Janjati Khabar – Janjati Khabar | २०७८ माघ १४, शुक्रबार
माघ १३ काठमाडौं - धुमुर्स–सुन्तली फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेल ‘धुर्मुस’ले रंगशाला निर्माणमा अनियमिता गरेको प्रमाणित भएमा जुनसुकै सजाय भोग्न तयार रहेको बताएका छन् ।
भरतपुर महानगरमा भएको अन्तक्रिया कार्यक्रममा फाउन्डेसनका अध्यक्ष कट्टेलले आर्थिक प्रतिवेदन काम भइरहेकाे बताउँदै अनावश्यक भ्रम फैलाइएको बताए ।
महानगरलाई स्वामित्त्व लिन पुस २ मा पत्र पठाउनु अगाडि पनि फाउन्डेसनकै पहलमा रंगशाला निर्माणका लागि सरकार र संघसंसथासँग समन्वय र भेटघाटको गरेको उनले बताए । ठोस निष्कर्ष ननिस्केपछि महानगरलाई पत्र काटेर स्वामित्त्व ग्रहणका लागि आग्रह गरेको उनले बताए ।
‘डण्डीमा खिया लाग्न थालिसक्यो परियोजना नै अलपत्र पर्ने स्थिति आएपछि राज्यसँग निकासका लागि पत्र बुझाएको हुँ’, उनले भने, ‘२०७८ असार मसान्तसम्म लेखापरीक्षण प्रतिवेदन, त्यो भन्दा यताको अनुमानित खर्च र भौतिक संरचनाको खर्च विवरण बुझाएका थियौँ ।’
पूर्ण प्रतवेदनको काम भइरहेकाले मौन बसे पनि पक्रियामै रहेका बेला प्रारम्भिक प्रतिवेदनबिना भ्रम फैलाइएको भन्दै उनले आपत्ति जनाए । ‘प्रतिवेदन तयार हुँदै थियो, छुटेका डकुमेन्ट पूरा गछौँ भनेका छौँ । वास्तविक प्रतिवेदन आइसकेपछि अनियमिता वा त्रुटि गरेको भए जस्तोसुकै सजाय पनि भोग्न तयार छु’, उनले भने ।
Categorized in राष्ट्रिय

