STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

अन्तर्राष्ट्रिय कराँते प्रतियोगिता पटनामा शुरु

Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख ९, सोमबार

अन्तर्राष्ट्रिय खुला कराँते प्रतियोगिता आजदेखि भारतको पटनामा शुरु भएको छ । भारतको राजधानी पटनास्थित पाटलीपुत्र स्पोर्ट्स कम्पेलेक्समा शुरु भएको प्रतियोगिताको पटना विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा रास विहारी सिंहले उद्घाटन गर्नुभयो ।
अल इण्डिया सितोरयो कराँते डो एकेडेमीको आयोजना तथा कराँते एशोशिएशन अफ इण्डियाको सहयोगमा आयोजना गरिएको प्रतियोगितामा नेपालसहित भारत, बङ्गलादेश र भुटानलगायत देशका २२१ जना खेलाडीले विभिन्न खेलमा प्रतिस्पर्धा गर्दैछन् । 
प्रतियोगितामा जापान गोजुरीयो कराँते डो मिसन सङ्घका प्रमुख प्रशिक्षक केबी रानाको नेतृत्वमा नेपालको राष्ट्रिय टोलीले सहभागिता जनाउँदै छ  । नेपालका २६ खेलाडीले  विभिन्न उमेर समूह र तौल समूहमा भाग लिनेछन् । नेपालका खेलाडीको लगनशीलता र मेहनतका कारण नेपाल विजयी हुने प्रशिक्षक रानाले बताउनुभयो ।
प्रतियोगितामा नेपालका तर्फबाट १९ वर्षमाथिको ९सिनियर० उमेर समूहतर्फ  रुपा राना ५० , दिलमाया कोइराला ५५, विपीन राना ५०, सन्तु थारु ५५, छिरिङ गुरुङ  ६५, दिलबहादुर बुढाथोकी ७०, सन्दीप चौधरी ७५ केजी तौल समूहमा प्रतिस्पर्धा गर्दैछन् । 
१९ वर्षमुनिको ९जुनियर० उमेर समूहमा अमन सोती मगर ५०, सुमन परियार ६० र सञ्जय चौधरी ७० केजी तथा १७ वर्षमुनिको ९जुनियर० उमेर समूहमा शिवानी बस्नेत ५०,  विपीन गुरुङ ५०, सुनिल रावल ५५, रोशन राना ६० केजी तौल समूहमा सहभागिता जनाउँदै छन् ।
चौध वर्षमुनिको ९सब जुनियर० उमेर समूहमा इशा सारु ४०, आकृति राना  ५०, प्रियङ्का थापा ५५, शाहील गुरुङ ३५, जीवन पुन ४०, मिलन श्रीस ४५, प्रसुन शाही  ५०, सरोज क्षेत्री ५५ केजी तौल समूहमा प्रतिस्पर्धा गर्ने भएका छन् ।
 यसैगरी १० वर्षमुनिको ९किड्स० उमेर समूहमा आदित्य क्षेत्री २०, विवेक सेन ठकुरी २५, गौरव पौडेल ३० र अमिसा पोखरेल ३० केजी तौल समूहमा प्रतिस्पर्धा गर्दैछन् ।
यसअघि जापान गोजुरीयो कराँते डो मिसन सङ्घको नेतृत्वको नेपाली राष्ट्रिय टोली भारतको पुनामा सम्पन्न भएको च्याम्पियनसिपमा १४ स्वर्ण पदक, २०१७ मा दिल्लीमा सम्पन्न भएको साउथ एशियन च्याम्पियनसिपमा १७ स्वर्ण पदकसहित विजेता बनेको थियो । 
Categorized in खेलकुद