STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

अपराह्न १२ बजेसम्ममा ३५ प्रतिशत भोट खस्यो : आयोग

Janjati Khabar – Janjati Khabar | २०७९ बैशाख ३०, शुक्रबार

काठमाडौं - अपराह्न १२ बजेसम्ममा देशभर करिब ३५ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ ।

देशभर ७५३ वटै स्थानीय तहका १० हजार ७५६ मतदान स्थलका २१ हजार ९५५ मतदान केन्द्रमा बिहान ७ बजेदेखि मतदान भइरहेको छ ।

यद्यपि दोलखा, सर्लाही, सप्तरी, रामेछाप, पर्वत, हुम्ला र बाजुराका केही मतदानस्थलमा सामान्य विवादका कारण मतदान कार्य अवरुद्ध भएकोमा सञ्चालन गर्ने प्रयास भइरहेको पनि आयोगले जनाएको छ ।

Categorized in राष्ट्रिय