STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

अब निर्माण सामग्री बोक्ने गाडी राति र बैंकका गाडी निश्चित समयमा चल्नपाउने

Janjati Khabar – जनजाति खबर | २०७७ बैशाख २७, शनिबार

काठमाडौं – कोरोना भाइरस संक्रमणको रोकथाम तथा नियन्त्रणको लागि गत चैत ११ गते जारी लकडाउनलाई सरकारले व्यवस्थित गर्ने निर्णय गरेसँगै स्थानीय प्रशासनले यातायात आवागमनमा पनि सहजीकरण गर्न थालेको छ । काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायबीच बसेको बैठकले उपत्यकामा चल्ने सवारीका विषयमा आवश्यक कार्ययोजनासहित सहजीकरण गर्ने निष्कर्ष निकालिएको छ । जसअनुसार अब विकास निर्माणसम्बन्धीका सामग्री बोकेका हेभी सवारी राति ८ः०० देखि बिहान ६ः०० बजेसम्म चल्न पाउने छन् । बैंक तथा वित्तीय संस्थाका गाडी बिहान ९ः०० देखि १०ः३० सम्म तथा बेलुका ३ः३० देखि ५ः०० बजेसम्म चल्न पाउने भएका छन् । केही दिन अघिदेखि नेपाल प्रहरीले उपत्यकामा दैनिक उपभोग्य र स्वास्थ्य उपचारसम्बन्धीका सवारीबाहेकका सवारी पास भए पनि प्रवेश निशेष गरेको थियो । अब भने विकास निर्माणसँग सम्बन्धित गाडी भने स्वास्थ्य मापदण्ड पूरा गरेर आउन पाउने छन् । त्यस्ता सवारीमा अन्य यात्रु बोक्न भने पाइने छैन ।
Categorized in राष्ट्रिय