STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

अमेरिकी राष्ट्रपति ट्रम्प र पहिलो महिलालाई कोरोना सङ्क्रमण पुष्टि

Janjati Khabar – एजेन्सी | २०७७ आश्विन १६, शुक्रबार

एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका श्रीमती र पहिलो महिला मेलानिया ट्रम्पलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

आफ्नी ३१ वर्षीया सल्लाहकार होप हिक्सलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि गरिएको परीक्षणमा ट्रम्प दम्पतीकै रिपोर्ट पोजेटिभ आएको बीबीसीले जनाएको छ । कोरोना रिपोर्ट पोजेटिभ आएकाले ट्रम्प दम्पती आइसोलेशनमा जाने तयारीमा छ ।

यसअघि हिक्सको कोरोना रिपोर्ट पोजेटिभ आएकाले आफू र श्रीमती मेलानियाको पनि कोरोना परीक्षणको लागि स्वाब दिएको र नतिजा कुरिरहेको ट्रम्पले बताएका थिए । हिक्सले प्राय सधैं मास्क लगाउने गरेपनि कोरोना रिपोर्ट पोजेटिभ आएको उनले बताए ।

ट्रम्पले सामान्यतया मास्क नलगाउने र व्यक्तिगत दूरी पनि कायम गरेको पाइँदैन । उनले कोरोनालाई हल्का रुपमा लिएको भन्दै आलोचना हुँदै आएको छ । पछिल्लो समय सल्लाहकार हिक्स राष्ट्रपति ट्रम्पसँग थुप्रै ठाउँमा राष्ट्रपतिय चुनावी बहसका कार्यक्रममा गएका थिए ।

अमेरिकामा अहिलेसम्म विश्वकै सबैभन्दा धेरै ७४ लाखमा कोरोना पुष्टि भएको छ । जसमध्ये १ लाख बढीको ज्यान गएको छ भने ४७ लाख ३६ हजार बढी उपचारपछि निको भएको वल्ड्रोमिटरले जनाएको छ ।

Categorized in अन्तर्राष्ट्रिय