STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

असोज ५ बाट लामो दुरीको यातायात र आन्तरिक हवाई उडान खुल्ने

Janjati Khabar – जनजाति खबर | २०७७ भाद्र ३०, मंगलबार

काठमाडौं – सरकारले अन्तरजिल्ला यातायात र आन्तरिक हवाई उडान असोज ५ गतेबाट खुला गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को प्रस्तावअनुसार अन्तरजिल्ला यातायात र आन्तरिक हवाई उडान सुरु गर्ने निर्णय गरेको हो । अन्तर जिल्ला यातायात र अन्तरिक हवाई उडान चैत १० बाटै रोकिएको छ । ५ साउनमा मन्त्रिपरिषदले लकडाउन अन्त्य गर्दा भदौ १ बाट अन्तर जिल्ला यातायात र हवाई उडान खुला गर्ने भनिएको थियो । तर कोरोना संक्रमण बढेसँगै सरकारले अन्तर जिल्ला यातायात र अन्तरिक हवाई उडान भदौ मसान्तसम्म नचलाउने निर्णय गर्‍यो भने अन्तराष्ट्रिय उडान सशर्त सुरु गर्‍यो ।
Categorized in राष्ट्रिय