STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

आःजु टि क्लबको चियापान : प्रदेश सांसद महर्जन तथा कीर्तिपुर नपाका कार्यबाहक प्रमुख शाक्य उपस्थित

Janjati Khabar – LALENDRA SHAKYA | २०८१ आश्विन १८, शुक्रबार

कीर्तिपुर/कीर्तिपुर नगरका विभिन्न टोलका साथीभाईहरु विहानपख जमघट गर्दै देश विदेश तथा कीर्तिपुर नगरसंग सम्बन्धित विभिन्न सांस्कृतिक, राजनीतिक एवं सामाजिक विषयमा विचार विमर्श गर्ने थलोको रुपमा आजभन्दा ७–८ वर्ष अगाडिदेखि कीर्तिपुर १ वडास्थित बाघभैरव परिसरको देय् पुखू इलाकामा रहेको चिया पसललाई सामुहिक जमघट गर्ने थलोको रुपमा सदुपयोग गरी समूहमा रहेका साथीभाईहरु सक्रिय रुपमा समाजमा आ–आफ्नो तर्फबाट योगदान गर्दै आइरहेको एक समूह आःजु टी क्लब (Aaju tea club) रहेको छ ।

उक्त क्लबमा आबद्धहरुमा ४० देखि ५५ वर्ष उमेरका समाजमा प्रतिष्ठित व्यक्तिहरु शिक्षक/प्रधानाध्यापक/समाजसेवी/व्यापारी/राजनीतिज्ञ/निर्माण व्यवसायी/कर्मचारीहरु आबद्ध रहेका छन् । उहाँहरुबाट आजको २१ औं शताब्दीमा समाजमा एक सकारात्मक सोँच एवं भाव लिई आ–आफ्नो तर्फबाट विशेष योगदान गर्दै आइरहेका छन् ।

गएको असोज १७ गतेबिहिबार आःजु टि क्लबको आयोजनामा यस वर्षको महान चाड विजयादशमी एवं नेपालको मौलिक राष्ट्रिय संवत् ने.सं. ११४५ नयाँबर्षतथा स्वन्ति नखः (तिहार)को शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना गरिएको थियो । उक्त चियापान कार्यक्रम झरी र वर्षाको प्रतिकूल मौसमका बाबजूट उत्साहपूर्ण जनसहभागितामा सम्पन्न भएको थियो ।

उक्त शुभकामना आदानप्रदान एवं चियापान कार्यक्रममा हालका बागमती प्रदेश क्षेत्र नम्बर १० का प्रदेश सांसद एवं पूर्वसहकारी तथा संस्कृतिमन्त्री पुकार महर्जन, कीर्तिपुर नगरपालिकाका कार्यवाहक नगर प्रमुख शुभलक्ष्मी शाक्य सुनिताको विशेष उपस्थिति रहेको थियो भने कार्यक्रममा विभिन्न वडाका वडाध्यक्षहरु एवं वडा सदस्यहरुका साथै सर्वसाधारणहरुको उत्साहपूर्ण उपस्थिति रहेको थियो ।

उक्त शुभकामना आदानप्रदान एवं चियापान कार्यक्रममा अनौपचारिक रुपमा एक आपसमा विजयादशमी एवं नयाँ वर्ष ११४५ तथा स्वन्ति नखः (तिहार)को शुभकामना आदान प्रदान गरी हालैको दिनमा भएको अविरल वर्षातका कारण देशमा बाढीपहिरोबाट भएको मानवीय एवं प्राकृतिक क्षतिमा शोक व्यक्त गर्दै एवं सरकारले धनजनको क्षति भएकाहरुलाई उचित राहत वितरणमा विशेष ध्यान दिउँन भन्ने माग प्रदेश सांसद तथा कीर्तिपुर नगरपालिका स्थानीय सरकारलाई ध्यानाकर्षण गरिएको थियो ।

उक्त शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा १ सय ८० जनको सहभागिता रहेको आयोजक संस्था आःजु टि क्लबले जनाएको छ ।

Categorized in उपत्यका