STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

आज विश्वासको मत लिँदै गण्डकी प्रदेश प्रमुख

Janjati Khabar – Janjati Khabar | २०७८ आषाढ ४, शुक्रबार

पोखरा - गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत लिँदै छन्।

शुक्रबार बिहान ११ बजे बस्ने प्रदेश सभा बैठकमा उनले विश्वासको मतको प्रस्ताव राख्न लागेका हुन्।

एमाले संसदीय दलका नेता पृथ्वी सुब्बा गुरुङले विश्वासको मत लिन नसकेपछि प्रदेश प्रमुख सीता पौडेलले प्रदेश सभामा आफ्नो पक्षमा बहुमत रहेको दावी पेश गरेका कांग्रेस संसदीय दलका नेता पोखरेललाई गत जेठ २९ गते मुख्यमन्त्रीमा नियुक्त गरेकी थिइन ।

मुख्यमन्त्री भएको एक साताभित्रै उनले विश्वासको मत लिन लागेका छन्। मुख्यमन्त्री भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था छ।मुख्यमन्त्री पोखरेललाई काँग्रेससहित, माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, जनता समाजवादी पार्टी र एक जना स्वतन्त्रसहित ३१ जना सांसदको समर्थन छ।

यसबीचमा राष्ट्रिय जनमोर्चाका एक सांसद हटेका छन्। जनमोर्चाले पार्टी निर्देशन नमानेको भन्दै सांसदबाट कृष्ण थापालाई हटाएको थियो। जनमोर्चाका सांसद कृष्ण थापा पदमुक्त भएसँगै प्रदेशसभा ५९ सदस्यीय बनेको छ।

यस्तै नेपाली सेनाको हेलिकप्टर चढेर बिहीबार मनाङको बाढी पहिरो प्रभावित क्षेत्रमा पुगेका गण्डकी प्रदेशका मुख्यमन्त्री नेपाली पोखरेल शुक्रबार बिहान पोखरा फर्किएका छन् ।

Categorized in राजनीति