STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

आयुर्वेद स्वास्थ्य शिविरमा तीन सय बढीले सेवा लिए

Janjati Khabar – जनजाति खबर | २०७६ जेठ ५, आइतबार

आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले सातै प्रदेशमा सञ्चालन गरेको नागरिक आरोग्य कार्यक्रमअन्तर्गत शनिबार बबई गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । गाउँमै विशेषज्ञ सेवाका साथै औषधिसमेत निःशुल्क पाउने भएपछि स्थानीयवासीको निकै बाक्लो उपस्थिति थियो । आयुर्वेद चिकित्सा महाशाखा प्रमुख डा मनकर्ण थापाले शिविरमा ३०० बढी बिरामीको जाँच र औषधि वितरण गरिएको जानकारी दिनुभयो । शिविरमा धेरैजसो पायल्स, ग्यास्टिक, स्त्री रोग, श्वासप्रश्वास र पत्थरीका बिरामी आएका थिए । आयुर्वेदिक जीवन पद्धतिबाट स्वस्थ नागरिक निर्माण गर्ने उद्देश्यका साथ शिविर आयोजना गरिएको व्यवस्थापक खीमराज रिजालले बताउनुभयो । पछिल्लो समय एलोपेथिक उपचार पद्धतिका कारण मानिसलाई औषधिको विभिन्न असर ९साइडइफेक्ट०देखिने गरेकाले आयुर्वेदिक जीवन पद्धतिका लागि यस्तो कार्यक्रम आयोजना गरिएको डा थापाको भनाइ छ । गाउँमै स्वास्थ्य सेवा पाएपछि स्थानीयवासीले निकै खुशी व्यक्त गरेका छन् । शिविरमा डा थापा, डा विजय भुर्तेल, डा नदन कँडेल, डा शारदा खनाल, डा आश्मा केसी र डा गोकर्ण दाहाललगायतले स्वास्थ्य जाँच गर्नुभएको थियो ।
Categorized in राष्ट्रिय