STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

इँटा उद्योगलाई वातावरणमैत्री र बालश्रममुक्त बनाउन जोड

Janjati Khabar – जनजाति खबर | २०७६ आषाढ १७, मंगलबार

इँटा उद्योगलाई प्रविधिमैत्री, वातावरणमैत्री र बालश्रममुक्त बनाउन सरोकारवालाले जोड दिएका छन् । सोमबार रुपन्देहीको नयाँमिलमा भएको ‘श्रमिकमैत्री इँटा उद्योग, इँटा उद्योगमैत्री स्थानीय शासन र नीति’ विषयक गोष्ठीमा उनीहरुले प्रदूषण र बालश्रममुक्त गराउन सरकारले दक्ष जनशक्ति उत्पादन गर्नुपर्ने बताए । उक्त अवसरमा प्रदेश नं ५ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लीला गिरीले उद्योगले मुलुकको अर्थतन्त्रलाई चलायमान गराइरहेको उल्लेख गर्दै इँटा उद्योगलाई सहजरूपमा कर्जा प्रवाह गर्न पहल गर्ने आश्वासन दिनुभयो । प्रदेशसभा सदस्य डा कृष्ण न्यौपानेले इँटा उद्योगको पुरानो इतिहास रहेको बताउँदै उद्योगलाई प्रविधिमैत्री बनाएर विकासको मूलधारमा ल्याउनुपर्ने बताउनुभयो । कार्यक्रममा प्रदेशसभा सदस्य निर्मला क्षेत्री, कपिलवस्तुको शिवराज नगरपालिकाका प्रमुख नेत्रलाल अधिकारी, सामाजिक विकास मन्त्रालयका निमित्त सचिव टीकाराम अर्याल, इँटा उद्योग व्यवसायी सङ्घलगायतले इँटा उद्योगलाई बालश्रममुक्त गराउन चेतनामूलक कार्यक्रम आवश्यक भएको बताउनुभयो ।
Categorized in राष्ट्रिय