STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

इलामकाे निर्वाचनलाई बदर गर्नुपर्ने माग राख्दै झलनाथ खनालले दिए सर्बोच्चमा रिट

Janjati Khabar – Janjati Khabar | २०७९ मङ्सिर २७, मंगलबार

काठमाडौं - नेकपा (एस)का नेता झलनाथ खनालले आफू उम्मेदवार रहेको इलामको क्षेत्र नम्बर १ को निर्वाचन बदर हुनुपर्ने माग राखेर सर्बोच्च अदालतमा रिट निवेदन दर्ता गरेका छन् । मंगलबार खनालले धाँधली गरी आफ्ना प्रतिस्पर्धीलाई निर्वाचित गराइएको भन्दै सर्बोच्चमा रिट दिएका हुन् ।

उनले आफ्नो रिट निवेदनमा निर्वाचन अधिकृतले गरेको निर्वाचन परिणाम घोषणा बदर गरी फेरि मतदान हुनुपर्ने माग गरेका छन् । इलाम–१ बाट खनाललाई २ हजार ६६४ मतान्तरले हराउँदै नेकपा (एमाले)का महेश बस्नेत निर्वाचित भएका थिए ।

बस्नेतले २५ हजार ७५३ मतसहित निर्वाचित भएका थिए, भने खनालले २३ हजार ८९ मत प्राप्त गरेका थिए । सर्बोच्चको संवैधानिक इजलासमा दर्ता भएको खनालको निवेदनमा निर्वाचन आयोग, इलाम–१ को निर्वाचन अधिकृतको कार्यालय, इलामको मुख्य निर्वाचन अधिकृत, जिल्ला निर्वाचन कार्यालय इलाम, जिल्ला निर्वाचन अधिकारी अनि संघीय संसद सचिवालयलाई समेत विपक्षी बनाइएको छ ।

Categorized in राजनीति