उपत्यकाका १३९ जनासहित थप ४८४ जनामा संक्रमण पुष्टि • मृत्यु हुने ९१ पुग्याे
Janjati Khabar – जनजाति खबर | २०७७ श्रावण २८, बुधबार
काठमाडौं – काठमाडौं उपत्यकामा थप १३९ जनासहित थप ४८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएअनुसार योसँगै नेपालमा संक्रमितको कुल संख्या २४ हजार ४३२ पुगेको छ ।
मन्त्रालयका अनुसार काठमाडौंमा मात्र १०९ जना संक्रमित थपिएका छन् । यस्तै ललितपुरमा २१ र भक्तपुरमा ९ जना संक्रमित थपिएका छन् ।
देशभर सक्रिय संक्रमितको संख्या सात हजार ६ सय १३ रहेको छ । पछिल्लो २४ घण्टामा १० हजार ४८१ जनाको पीसीआर परीक्षण गरिएको छ।
अहिलेसम्म कोरोना जित्नेको संख्या १६ हजार ७२८ पुगेको छ । पछिल्लो २४ घण्टामा ६४ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेको यो संख्या कुल संक्रमितमध्ये ६८.४ प्रतिशत रहेको मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिए।
मृत्यु हुने ९१ जना पुग्याे
यसैगरी नेपालमा कोरोना संक्रमणाबाट मृत्यु हुनेकाे संख्या ९१ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मृत्यु हुनेमा धनुषाका २ जना, काठमाडौं, धादिङ सप्तरी, मोरङ, कपिलवस्तु र बाराका एक-एकजना रहेका छन् ।
मृत्यु हुनेमा काठमाडौं महानगरपालिका-१२ टेकु निवासी ७८ वर्षीया महिलाको किष्ट मेडिलकल कलेज शिक्षण अस्तपालमा मृत्यु भएको छ ।
धादिङका ३२ वर्षीय पुरुषको साउन २७ गते ह्याम्स अस्पतालमा मृत्यु भएको छ ।
धनुषाको जनपुर उपमहानगरपालिका-१ का ७१ वर्षीय पुरुषको साउन २८ गते ललितपुरको मेडिसिटी अस्पतालमा मृत्यु भएको छ । धनषाकै जनकपुर उपमहानपालिका-८ का ३८ वर्षीया महिला साउन २८ गते १:०५ बजे पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान अस्तपतालमा मृत्यु भएको छ ।
सप्तरीको राजविराजका ७२ वर्षीय पुरुषको साउन २७ गते राति मृत्यु भएको छ । मोरङ बुढीगंगा गाउँपालिकाका ५५ वर्षीय पुरुषको साउन २८ गते वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको छ ।
कपिलवस्तु कपिलवस्तु नगरपालिका -२ तौलिहवाका ४२ वर्षीय पुरुषको साउन २८ गते बुटवल कोभिड-१९ विशेष अस्पतालमा मृत्यु भएको छ ।
बाराको कलैया उपमहानगरपालिकाका ७५ वर्षीय पुरुषको साउन २७ गते किष्ट डिलकल कलेज शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।
मन्त्रालयका अनुसार अहिले आइसोलेसनमा सात हजार २०१ रहेका छन् । अहिले क्वारेन्टाइनमा ११ हजार ५८ जना रहेका छन् । नेपालमा १८३ स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
Categorized in राष्ट्रिय