उपत्यकाका १४१६ सहित देशभर २०७१ जनामा संक्रमण पुष्टि
Janjati Khabar – Janjati Khabar | २०७७ आश्विन २५, आइतबार
काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर २०७१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले थप १२ हजार ४२७ जनाको पीसीआर परीक्षण भएकोमा सो संख्यामा संक्रमण पुष्टि भएको बताए । याेसँगै संक्रमितको संख्या एक लाख सात हजार ७ सय ५५ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।
उनका अनुसार उपत्यकामा मात्रै पछिल्लो २४ घण्टामा थप १४१६ जनामा संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौंमा ११४५, भक्तपुरमा ११० र ललितपुरमा १६१ जनामा संक्रमण पुष्टि भएको छ।
यसैगरी बितेको २४ घण्टामा देशभर कोरोनाबाट थप २२ को मृत्यु भएको छ । मृतकमा ५ महिलासहित १७ पुरुष रहेका छन् । यससँगै देशभर कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ६३६ पुगेको मन्त्रालयले जनाएको छ । मृत्यु हुनेमध्ये काठमाडौं उपत्यकाका ८ जनाको मृत्यु भएको छ। काठमाडौंमा एक महिलासहित चार पुरुष, ललितपुरमा एक पुरुष र भक्तपुरमा २ पुरुष गरी ८ जनाको कोरोनाबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
काठमाडौंमा ६६ वर्षिया महिला, ६० वर्षिय पुरुष, ७० वर्षिय पुरुष, ७५ वर्षिय पुरुष र ८३ वर्षिय पुरुषको मृत्यु भएको छ । यस्तै ललितपुरमा ४९ वर्षिय पुरुष, भक्तपुरमा ४४ वर्षिय पुरुष र ५७ वर्षिय पुरुषको मृत्यु भएको छ । यसैगरी चितवनमा एक ७५ वर्षिया महिलाको मृत्यु भएको छ । यस्तै एक उमेर नखुलेका पुरुष, ४७ वर्षिय पुरुष र ९८ वर्षिय पुरुषको मृत्यु भएको छ । त्यस्तै सुनसरीमा ६२ वर्षिया महिला, ६५ वर्षि पुरुष, धनकुटामा ६१ वर्षिया महिला, सर्लाहीमा ३८ वर्षिय पुरुष मकवनपुरमा ८५ वर्षिया महिला सिन्धुपाल्चोकमा ६३ वर्षिय पुरुषको मृत्यु भएको छ । यस्तै नुवाकोटमा ७७ वर्षिय पुरुष, रुपन्देहीमा ६० वर्षिय पुरुष, ६१ वर्षिय पुरुष र ८४ वर्षिय पुरुषको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६ सय ३६ पुगेको छ ।
३१ हजार ३१५ कोरोनाका सक्रिय संक्रमित छन्। यस्तै मन्त्रालयका अनुसार संस्थागत आइसोलेसनमा १३ हजार ६४९ जना रहेका छन् भने होम १७ हजार ६६६ आइसोलेसनमा छन्। यस्तै क्वारेन्टाइनमा ४ हजार ६१३ जना रहेका छन्।
मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १२ हजार ४२७ नमूनाको पीसीआर परीक्षण भएको छ। आइतबार १५ सय ५२ जनाले कोरोना जितेर डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ। योसँगै कुल डिस्चार्ज हुनेको संख्या ७५ हजार ८०४ पुगेको छ।
आइसीयूमा ३२९ र ७६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ। नेपालमा कोरोनाबाट ६३६ जनाको मृत्यु भएको छ। आइतबार मात्रै उपत्यकाका ८ सहित २२ जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ।
Categorized in राष्ट्रिय

