STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

उपत्यकाका ९ सहित १४४ जनामा कोरोना संक्रमण पुष्टि,

Janjati Khabar – जनजाति खबर | २०७७ आषाढ २९, सोमबार

काठमाडौं : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाका ९ जनासहित १४४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार योसँगै संक्रमितको संख्या १६ हजार ९ सय ४५ जना पुगेको छ। सोमबार सातवटै प्रदेशमा कोरोनाका बिरामी भेटिएका छन्। जसमध्ये प्रदेश १ मा ६ जना, प्रदेश २ मा ४१ जना, बागमती प्रदेशमा १३, गण्डकी प्रदेशमा ८ जना, प्रदेश ५ मा १४ जना, कर्णाली प्रदेशमा ४६ जना र सुदूरपश्चिम प्रदेशमा १६ जना गरी १४४ जनामा संक्रमण देखिएको मन्त्रालयले पुष्टि गरेको छ। गत २४ घन्टामा ५ हजार ८ सय ५६ जनाको कोरोनाको परीक्षण भएको छ। नेपालमा हालसम्म १० हजार २९४ जनालाई कोरोना निको भएको छ। सोमबार १ हजार ७०५ जनाले कोरोना जितेका छन् । प्रवक्ता गौतमका अनुसार हाल २३ हजार ४ सय ७० जना क्वारेन्टाइनमा छन्। हाल ६ हजार ६ सय १३ जनाको कोरोना उपचार भइरहेको छ। सोमबार एकैदिन १ हजार ७०५ जनाले कोरोना भाइरस संक्रमण जितेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार सोमबार एकै दिन १ हजार ७०५ जनाले कोरोना जितेर घर फर्किएका छन्। योसहित कोरोना जित्नेको कुल संख्या १० हजार २९४ पुगेको छ। यस्तै ४ जिल्ला महोत्तरी, रौतहट, कैलाली र बाजुरामा कोरोनाका ५ सय बढी बिरामी रहेका छन् भने पाँच जिल्ला कोरोनामुक्त भएका छन्। धनकुटा, भोजपुर, मुस्ताङ, मनाङ र हुम्ला गरी पाँच जिल्ला कोरोनामुक्त भएको मन्त्रालयका प्रवक्ता डा.गौतमले जानकारी दिए। मन्त्रालयका अनुसार हालसम्म कोरोनाबाट ३८ जनाको मृत्यु भइसकेो छ।
Categorized in राष्ट्रिय