STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

उपत्यकाव्यापी छैटौं धिमेबाजा प्रतियोगिता हुने

Janjati Khabar – Janjati Khabar | २०७८ चैत्र १९, शनिबार

भक्तपुर - भक्तपुरमा यही चैत २६ गते उपत्यकाव्यापी छैटौं धिमेबाजा प्रतियोगिता हुने भएको छ । आयोजक ओस्ला नेपालले शनिबार भक्तपुरमा पत्रकार सम्मेलन गर्दै धिमेबाजाको बिशेषता र व्यापकतालाई दृष्टिगत गर्दै यसलाई परिस्कृत र उत्कृष्ठ बनाउनका लािग प्रतियोगिताको आयोजना गरिएको जनाएको हो ।

प्रतियोगताको प्रथम पुरस्कार २५ हजार, द्धितिय पुरस्कार १५ हजार, तृतीय पुरस्कार १० हजार रहेको आयोजकले जनाएको छ । मध्यपुर थिमि नगरपालिकाको सहकार्यमा हुने प्रतियोगीतामा करिव ३६ वटा संघसंस्थाको सहभागीता रहने विश्वास आयोजकले लिएको छ ।

पत्रकार सम्मेलनमा मध्यपुर थिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले भक्तपुरको ऐतिहासिक सम्पदा सस्कृति जगेर्नाका लागि नगरपालीका गम्भीर रहेको बताए ।

नेवार बाजाहरू अन्तर्गत धिमे महत्वपूर्ण जात्रा,चाडपर्वमा बजाईने बाजा हो । यसमा भुछ्या, सिछ्या र धिमा सयुक्त बजाइने गरिन्छ ।

Categorized in उपत्यका