STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

एकीकृत समाजवादीको केन्द्रीय कार्यालय भाेलि उद्घाटन हुँदै

Janjati Khabar – Janjati Khabar | २०७८ भाद्र ३१, बिहिबार

काठमाडौं - नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालय मीनभवनमा स्थापना भएको छ । मासिक ३ लाख २५ हजार रुपैयाँ (करसहित) भाडा तिर्ने गरी मिनभवन आलोकनगरमा कार्यालय रहने भएको अध्यक्ष माधवकुमार नेपालका स्वकीय सचिव मोहन गौतमले जानकारी दिए ।

केन्द्रीय कार्यालयको उद्घाटन शुक्रबार बिहान १० बजे हुने भएकाे छ। उद्घाटन अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले गर्नेछन् । काठमाडौं महानगरपालिका ३१ मा रहेको उक्त भवन पूजा थापा बस्नेत हो । ४ तले र ३ तले भवनमा ३/३ कोठा छन् । दुई तले भवनमा भुइँतलामा कार्यालय र माथिल्लो तलामा बैठक हल बनाइने  गौतमले जानकारी दिए ।

नेकपा एमालेबाट अलग भएर गएको २ भदौमा एकीकृत समाजवादी बनेको हो । तर अहिलेसम्म यो पार्टीले केन्द्रीय कार्यालय सञ्चालनमा ल्याएको थिएन । अधिकांश जिल्लाहरुमा भने पार्टी कार्यालय स्थापना भइसकेको तुलाधारले बताए ।

Categorized in राजनीति