STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

एमालेको कार्यदलबीच सिंहदरबारमा वार्ता जारी

Janjati Khabar – Janjati Khabar | २०७८ आषाढ २२, मंगलबार

काठमाडौं - नेकपा एमालेको कार्यदलबीच सिंहदरबारमा वार्ता जारी छ । फुटको संघारमा रहेको पार्टी जोगाउन गठित कार्यदलको आजको बैठकले सहमतिको मस्यौदा टुंगो लगाउने तयारी छ ।

कार्यदलमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीका तर्फबाट सुवास नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली, विष्णु रिमाल र शंकर पोखरेल छन्। यस्तै वरिष्ठ नेता माधव नेपालका तर्फबाट भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्ट, रघुजी पन्त र सुरेन्द्र पाण्डे छन्।

मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा भएको छलफलमा पछिल्लो समय विवादित दुई मुख्य विषयमा केन्द्रित भएर छलफल भइरहेको एक नेताले जानकारी दिए ।

माधवकुमार नेपाल पक्षले भने एमालेको पार्टी कमिटी माओवादी केन्द्रसँग एकता हुनुअघिको अवस्थ अर्थात् २ जेठ २०७५ मा फर्किनुपर्ने अडान राखेका छन् ।

प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतमा कांग्रेस सभापति शेरबहादुर देउवाको पक्षमा परेका हस्ताक्षर फिर्ता लिनुपर्ने बताएका थिए। सोमबार विगतको समीक्षा गरेर सकिएको छलफलमा मंगलबारदेखि विषयमा केन्द्रित भई छलफल भएको एक नेताले जानकारी दिए ।

Categorized in राजनीति