STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

एसईईको मौका परीक्षा साउन २३ गतेदेखि

Janjati Khabar – Janjati Khabar | २०८१ आषाढ १६, आइतबार

काठमाडौं— माध्यमिक शिक्षा परीक्षा (एसईई) को ग्रेड वृद्धि ९पुरक० अर्थात् मौका परीक्षा आगामी साउन २३ गतेदेखि हुने भएको छ। 

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय ९कक्षा १०० को आज बसेको बैठकले साउन २३ देखि ३१ गतेसम्म मौका परीक्षा गर्ने निर्णय गरेको हो।  

त्यस्तै त्यसको तालिका भने भोलि सार्वजनिक गर्ने बोर्डले जनाएको छ। 

बिहीबार आएको एसईईको नतिजा अनुसार दुई विषयमा मात्रै नन ग्रेडिङ ९एनजी० ल्याउने विद्यार्थीहरुले मौका परीक्षा दिन पाउने भएका थिए। त्यसको लागि साउन १८ र १९ गते परीक्षाको मिति तोकिएको थियो। तर शुक्रबार मन्त्रीस्तरीय निर्णयबाट दुई भन्दा बढी विषयमा एनजी आए पनि मौका परीक्षामा सहभागी हुन पाउने निर्णय गरेको थियो। त्यससँगै मौका परीक्षाको मिति समेत परिवर्तन गरिएको हो। 

एसईईको सार्वजनिक नतिजा अनुसार ५२ प्रतिशतको एनजी आएपछि सरकारले विद्यार्थीहरुलाई तत्काल मौका परीक्षाको व्यवस्था गरेको हो। 

Categorized in शिक्षा