ओलम्पिक खेलाडीका लागि विशेष कार्यक्रम
Janjati Khabar – जनजाति खबर | २०७६ चैत्र ३०, आइतबार
काठमाडौं– नेपाल ओलम्पिक कमिटीले खेलाडीहरुको लागि विशेष कार्यक्रम सञ्चालन ल्याएको छ । विश्वव्यापी कोभिड–१९ महामारीको कारण खेलाडीहरुको प्रशिक्षण बन्द रहेको अवस्थामा रोगका समाचारहरुले उनीहरुमा पर्ने मानसिक असर कम गर्न कमिटीले "Winning Mindset Psychology well being programm" सञ्चालनमा ल्याएको छ ।
एक साता लामो कार्यक्रम आइतबारबाट सुरु भएको छ । कार्यक्रम दिउँसो ४ः००—५ः०० बजेसम्म सञ्चालन भइरहेको छ । नेपाल ओलम्पिक कमिटीका Sports Psychology Commission का Chair person ईन्द्र गुरुङ्गले कार्यक्रम संचालन गरिरहेका छन् ।
कार्यक्रममा Tokyo Olympic को लागि तयारीमा रहेका ओलम्पिक कमिटीबाट छात्रवृत्ति प्राप्त खेलाडी, वाइल्ड कार्डका उम्मेदवार खेलाडी र प्रशिक्षकले सहभागिता जनाइरहेका छन् ।
साथै, घरमै प्रशिक्षकको निगरानीमा खेलाडीले आफूलाई तन्दुरुस्त राख्ने कार्यलाई पनि निरन्तरता दिने योजना कमिटीको रहेको छ ।
Categorized in खेलकुद