कपिलवस्तु र बाँकेमा गरी दुईजना नयाँ संक्रमित भेटिए
Janjati Khabar – जनजाति खबर | २०७७ बैशाख ३१, बुधबार
काठमाडौं । बुधबार कपिलवस्तु र बाँकेमा गरी दुईजना नयाँ कोरोना संक्रमित भेटिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कपिलवस्तु नगरपालिका– ५ का २२ वर्षका युवकमा कोरोना संक्रमण भेटिएको हो ।
बुधबारै बाँकेका एक ३६ वर्षका युवकमा पनि कोरोना संक्रमण पुष्टि भएको थियो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २१९ पुगेको छ ।
काभ्रेको धुलिखेल अस्पतालस्थित ल्याबमा परीक्षण गर्दा बाँकेका ३६ वर्षका युवकमा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
Categorized in राष्ट्रिय