STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

कमसल बाँध बनाउने ठेकेदारलाई कारवाही गरिने

Janjati Khabar – जनजाति खबर | २०७६ श्रावण १९, आइतबार

रु ५२ लाखको लागतमा मकवानपुर गढी गाउँपालिका–५ ज्यामिरेमा निर्माण गरिएको ‘क्रंक्रिट ड्याम’ गुणस्तरहीन भएको भन्दै स्थानीय जनप्रतिनिधिहरुले आपत्ति जनाएका छन् ।खैरनी खोलाको दोभानस्थित ज्यामिरे बस्ती जोगाउन बनाइएको बाँध ठेकेदारको लापरवाहीले एक हप्तासम्म पनि ‘सेट’ नभएको स्थानीय रामप्रसाद घिमिरेले बताउनुभयो । कम्पनीले मापदण्ड विपरीत बालुवाको मात्रा बढी हालेको र सिमेन्ट तथा छडको प्रयोग कम गरेको अनुगमनका क्रममा पाइएको बताइएको छ । ज्यामिरे खोलामा निर्माण गरिएको ६५ मिटर लामो ‘आरसीसी ड्याम’मा बालुवा निस्कनाका साथै वरपर चर्किएको पाइएको स्थानीय लक्ष्मण फूयाँलको गुनासो थियो । मकवानपुर गढी गाउँपालिकाले गरेको बोलपत्रमा भिजन कन्ट्रक्सन प्रालिले रु ५२ लाखको लागतमा उक्त बाँध निर्माण गरेको हो । सम्झौतामा उल्लेख गरेकोभन्दा बाँधमा सिमेन्ट अत्यन्त कम मात्र हालिएकाले गुणस्तरहिन भएको पाइएको उहाँले बताउनुभयो । गाउँपालिकाका प्रमुख बिदुर हुमागाईं, पाँच नम्बर वडाध्यक्ष जीतबहादुर घिमिरे र टोल विकास संस्थाका प्रतिनिधि र पत्रकारसमेतले निर्माण गरिएको ड्याम निरीक्षण गरी सो आपत्ति जनाएका हुन् । वडा नम्बर ५ का अध्यक्ष घिमिरेले निर्माण गरिएको बाँध मापदण्ड विपरीत रहेकोले ठेकदारलाई पुनः बनाउन लगाउने र कारवाही गरिने जानकारी दिनुभयो ।
Categorized in राष्ट्रिय