STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

कम्युनिस्ट पार्टी एकजुटको अभियानमा लाग्नेछु : वामदेव गाैतम

Janjati Khabar – Janjati Khabar | २०७९ आषाढ ३, शुक्रबार

काठमाडौं - राष्ट्रियसभाका सांसद वामदेव गौतमले आफू फेरि कम्युनिष्ट पार्टीहरूलाई एकजुट बनाउने अभियानमा लागिपर्ने बताएका छन् । केही समयदेखि आफू कुनै पनि पार्टीमा संलग्न नभएको उल्लेख गर्दै सांसद गौतमले त्यसलाई फेरि एकीकृत गर्ने अभियानमा लाग्ने विचार गरेको र केही समयपछि त्यसको घोषणा गर्ने योजना पनि बताए ।

शुक्रबार राष्ट्रियसभा बैठकमा विशेष समय लिएर बोल्दै तत्कालीन नेकपाका सचिवालय सदस्य समेत रहेका सांसद गौतमले कम्युनिष्ट पार्टीहरूलाई एकीकृत गर्नका लागि नै आफूले कुनै पनि नेताहरूको बारेमा टिकाटिप्पणी नगरेको स्पष्ट पारे ।

नेपाललाई एउटा समृद्ध समाजवादमा पुर्‍याउने आशासहित गठन भएको नेकपा पार्टी भित्रको आन्तरिक समस्याका कारण ३ वटा टुक्रामा विभाजित भएको उल्लेख गर्दै उनले भने, ‘केही समयदेखि म नेपालको कुनै पनि पार्टीमा छैन । र, मेरो विचार कम्युनिष्ट पार्टीहरू फेरि एकजुट हुनुपर्छ भन्ने हो । त्यसो भएर मैले कुनै नेताको बारेमा टिकाटिप्पणी पनि गरेको छैन ।’

उनले आफू क्रिटिकल व्यक्ति भएको उल्लेख गर्दै भने, ‘मैले पुष्पलालको पनि आलोचना गरेँ । मैले मदन भण्डारीको पनि आलोचना गरेँ, जिवराज आश्रितको पनि आलोचना गरेँ । म जोजोसँग सम्बन्धित भएको छु–उहाँहरूसँग सैद्धान्तिक, राजनीतिक बहस हुँदाहुँदै आएको हो ।’ 

Categorized in राजनीति