काँग्रेसको खुलातर्फको महिला केन्द्रीय सदस्य कसले जिते ?
Janjati Khabar – Janjati Khabar | २०७८ पौष ६, मंगलबार
नेपाली काँग्रेसको केन्द्रीय सदस्य (महिला खुलातर्फ) मा डिला संग्रौला, पुष्पा भुसाल, डा आरजु राणा देउवासहित ९ जना निर्वाचित भएका छन् । पार्टी कार्यालय सानेपामा सोमबार राति सम्पन्न मतगणनाअनुसार ३० उम्मेदवारमध्ये ९ जना विजयी भएका हुन् ।
विजयी हुनेमा संग्रौला, भुसाल र देउवासहित अम्बिका बस्नेत, ईश्वरी न्यौपाने, सरिता प्रसाईं, रमा कोइराला पौडे, सुशीला आचार्य ढकाल र रंगमती शाही रहेका छन् । मत परिणामअनुसार संग्रौलाले सर्वाधिक २८८५ मत पाएकी छन् ।
उम्मेदवारहरू अनिता देवकोटा, जानुका ढकाल, उमा दाहाल, किरण कोइराला, रुक्मिणि देवी कोइराला, बिजुला शर्मा राणा, कल्पना अधिकारी, बासना थापा नम्रता बराल, सावित्री बोगटी (पाठक), अकला गुरुङ, धन खतिवडा, अम्बिका सुवेदी, तुलसा पन्त, सीतादेवी देवकोटा (पाण्डे), रीता दवाडी, उषाकुमारी राउत, शान्ति कार्की, गौरी कुमारी श्रेष्ठ, मोदती केसी र अम्बिका केसी लामिछाने पराजित बने ।



