STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक पुस २२ मा

Janjati Khabar – Janjati Khabar | २०७९ पौष १२, मंगलबार

काठमाडाैं - नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । पुस २२ गते शुक्रबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी केन्द्रीय कार्यसमितिको बैठक बोलाइएको कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

उनका अनुसार बैठकमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन–२०७९ को समीक्षा, समसामयिक राजनीतिकसहितका विषयमा छलफल हुनेछ ।

मंसिर ४ को प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि कांग्रेसको केन्द्रीय समिति बैठक बसेको छैन । पार्टीबाट समानुपातिक सांसद चयन गर्न केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसे पनि केन्द्रीय समिति बैठक पहिलो पटक बस्न लागेको हो ।

Categorized in राजनीति