STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

काठमाडाै‌ंका २ हजार ८ सहित थपिए ३ हजार ७९० जना संक्रमित

Janjati Khabar – Janjati Khabar | २०७७ कार्तिक ३, सोमबार

काठमाडौं – पछिल्लो २४ घण्टामा ३ हजार ७९० जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या १ लाख ३६ हजार ३६ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। यी मध्ये  काठमाडौं उपत्यकामा मात्रै २ हजार ३८८ जना संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौंका २ हजार ८ जना, ललितपुरका २८१ र भक्तपुरका ९९ जना छन् ।

याेसँगै देशभर ४० हजार ७७८ कोरोनाका सक्रिय संक्रमित छन्।

यस्तै मन्त्रालयका अनुसार संस्थागत आइसोलेसनमा १३ हजार ८५१ जना रहेका छन् भने २६ हजार ९२७ होम आइसोलेसनमा छन्। यस्तै क्वारेन्टाइनमा ४ हजार ४७० जना रहेका छन्। 

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १५ हजार ७४३ नमूनाको पीसीआर परीक्षण भएको छ।  सोमबार २३ सय ३५ जनाले कोरोना जितेर डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ। योसँगै कुल डिस्चार्ज हुनेको संख्या ९४ हजार ५०१ पुगेको छ। 

आइसीयूमा २८२ र ६३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ। नेपालमा कोरोनाबाट ७५७ जनाको मृत्यु भएको छ। सोमबार मात्रै १८ जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ। 

Categorized in उपत्यका