STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

काठमाडौँको नयाँपाटीमा ३७ वर्षका युवकको हत्या, ५ जना पक्राउ

Janjati Khabar – Janjati Khabar | २०८२ जेठ ५, सोमबार

काठमाडौं - काठमाडौंको नयाँपाटीमा एक जनाको हत्या भएको छ। हत्या आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ। 

२०८२ वैशाख ३० गते बेलुका ९ बजेतिर गोकर्णेश्वर नगरपालिका २ नयाँपाटीस्थित किराना पसलमा बसिरहेका ३७ वर्षका बलिन्द्र प्रकाश राईको हत्या भएको थियो।

बलिन्द्रको उपचारका क्रममा मृत्यु भएको थियो। घटनापछि फरार रहेका ५ जनालाई पक्राउ गरिएको काठमाडौँ जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी अपीलराज बोहराले जानकारी दिए।

पक्राउ पर्नेमा रामेछापको सुनापती गाउँपालिका ४ घर भइ जिल्ला काठमाडौं, गोकर्णेश्वर नगरपालिका १ बस्ने २९ वर्षका प्रविण तामाङ, सर्लाहीको बाग्मती गाउँपालिका ३ घर भइ गोकर्णेश्वर नगरपालिका २ बस्ने २३ वर्षका समिर वाईवा तामाङ, २६ वर्षका अभिसेक वाईवा तामाङ, सिन्धुपाल्चोकको ईन्द्रावती गाउँपालिका ६ का २९ वर्षीय दिपेन्द्र भुजेल र काभ्रेपलान्चोकको चौरीदेउराली गाउँपालिका ७ का २८ वर्षीय अनुराग तामाङ रहेका छन्।

काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी प्रहरी वृत्त बौद्धबाट कर्तव्य ज्यान सम्बन्धी मुद्दामा थप अनुसन्धान भइरहेको एसपी बोहराले बताए।

Categorized in राष्ट्रिय