STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

किसानलाई प्रलोभनमा पारेर रु १९ लाख ५० हजार रकम ठगी

Janjati Khabar – जनजाति खबर | २०७६ आश्विन १५, बुधबार

एशोसियसन अफ एग्रिकल्चर नेपा  ठगी गरी सम्पर्कविहीन भएको छ । दश वर्षसम्म उन्नतजातको बीउबिजन, तालीम, गोष्ठी, भ्रमण, माटो परीक्षण, सिँचाइ सुविधासँगै खानेपानी उपलब्ध गराउने प्रतिबद्धतासहित किसानबाट रकम उठाएर संस्थाका सञ्चालक सम्पर्कविहीन भएको बताइएको छ । एक हजार २५० बढी किसानबाट रु दुई हजारका दरले संस्थाका कर्मचारीले रकम उठाएका छन् । प्रतिसदस्यलाई सदस्यता शुःल्कका नाममा रु ५०० र यातायात ढुवानीका लागि रु एक हजार ५०० गरी रु दुई हजार प्रतिकिसानबाट कर्मचारीले असुलेका थिए । यी सबै कार्यका लागि किसानले ५० प्रतिशत र संस्थाले ५० प्रतिशत रकम व्यहोर्ने कागज तयार गरी रकम लिइएको संस्थाले परिचालन गरेका कर्मचारी अम्बिका जोशीले बताउनुभयो । विसं २०७५ साउनदेखि १० कर्मचारी परिचालन गरी समूह बनाएर रकम उठाएको उहाँको भनाइ छ । संस्थाको मुख्य कार्यालय बाँकेको कोहलपुरमा रहे पनि त्यहाँ विवाद आएपछि सारेर बुटवल पु¥याइएको कर्मचारीको भनाइ छ । त्यसपछि संस्थाका सञ्चालक सम्पर्कमा नआएको बताइएको छ । किसानबाट उठाइएको रकमबाट कर्मचारीलाई १० प्रतिशत कमिसन दिने शर्तमा उनीहरुलाई राखिएको थियो । संस्थाले रकम उठाएवापतको दिने भनिएको कमिसन थोरै मात्र दिएको कर्मचारी गीता अवस्थीले बताउनुभयो । उहाँले भन्नुभयो, “रु ६० हजार जति उठाएर संस्थामा बुझाएवापत कमिसन रु पाँच हजार मात्रै पाइएको छ ।” अर्का कर्मचारी गीतादेवी साहुले ६० किसानबाट रु एक लाख २० हजार उठाए पनि कमिसनको रकम नपाएको बताउनुभयो । संस्थाका कर्मचारीका अनुसार उठाएको रकम तत्कालीन शाखा प्रमुख शारदा जोरालाई बुझाएको बताएका छन् । वडा नं १० पिपलाडीरोडमा रहेको नविना एग्रोभेटका सञ्चालक कमला चौधरीले संस्थाको शाखा कार्यालयका कर्मचारीविरुद्ध इलाका प्रहरी कार्यालय झलारीमा धानको २० क्विन्टल बीउ खरीदवापतको बाँकी रहेको रु ७५ हजार नदिएपछि उजुरी गर्नुभएको छ । बीउ खरीद गरिएको लामो समयसम्म पनि रकम नपाइएपछि प्रहरीमा उजुरी गरिएको उहाँले बताउनुभयो । धानको बीउको रकम नतिरेसम्मका लागि शाखा प्रबन्धक गोविन्द पाण्डेयको मोटरसाइकल इप्रकामा राखिएको छ । शाखा प्रबन्धक पाण्डेयले रकम संस्थाको कार्यालयमा बुझाएपछि सञ्चालक सम्पर्कमा नआउने गरेको बताउनुभयो । शाखा प्रबन्धक बन्नका लागि धरौटीवापत रु एक लाख संस्थामा बुझाएको उहाँले जानकारी दिनुभयो । “बुटवलमा यही असोज १५ गते सबै शाखा प्रबन्धकको बैठक राखेकाले बोलाएका छन्”, पाण्डेयले भन्नुभयो, “सबै रकम फिर्ता गर्छौँ भनेका छन् ।” गत चैतदेखि शाखाको कार्यालय सञ्चालन गरेको घरको संस्थाले सात महीनाको कोठाभाडासमेत तिरेको छैन । संस्थाका अध्यक्ष गणेश भट्टले केही समयका लागि कार्यक्रम स्थगन गरेकाले रकम ठगी नगरेको बताउनुभयो । संस्थाका बारे अन्य कुरा भने उहाँले भन्न चाहेका छैनन् । अध्यक्ष भट्टको वडा नं ७ कालापानीका बासिन्दासमेत हुनुहुन्छ ।
Categorized in अपराध-दुर्घटना