STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

कुटपिट गरी भाइको हत्या

Janjati Khabar – जनजाति खबर | २०७६ फाल्गुण २५, आइतबार

कैलालीको चुरे गाउँपालिका–४ मा १२ वर्षीय बालकले आफ्नै एक वर्षका भाइको कुटपिट गरी हत्या गरेका छन् । आमा जङ्गलमा घाँस, दाउरा गर्न गएको बेला भाइको हेरालुका रुपमा राखिएका ती बालकले काठको लट्ठी र हातले निर्घात कुटपिट गरी घाइते बनाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिनुभयो । कुटपिटबाट घाइते भएका बालकको उपचारका लागि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको प्रनाउ बस्नेतले बताउनुभयो । भाइको हत्या गर्ने ती बालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
Categorized in अपराध-दुर्घटना