कोरोना भाइरसविरुद्धको खोप मानिसमा परिक्षण गरिँदै
Janjati Khabar – जनजाति खबर | २०७७ बैशाख १०, बुधबार
काठमाडौं (एजेन्सी)– विश्वव्यापी महामारीको रुप लिइरहेको कोरोना भाइरसको संक्रमण भएपछि यसको लागि निश्चित खोपको आविष्कार भएकै छैन । चिकित्सकले यसको संक्रमण देखिएका लक्षणअनुसार उपचार गरिरहेका छन् ।
विश्वकै वैज्ञानिकहरु कोरोनाविरुद्धको खोप आविष्कारमा जुटिरहेका छन् । यसैक्रममा बेलायतमा यसविरुद्धको खोपको परिक्षण मानिसमा गरिनेभएको छ ।
अक्सफोर्ड विश्वविद्यालयमा भोलि बिहीबारदेखि उक्त परीक्षण हुन लागेको हो । यस परीक्षणको लागि सरकारले अक्सफोर्डलाई २० मिलियन पाउन्ड प्रदान गर्नेछ ।
बेलायत सरकारका स्वास्थ्यमन्त्री म्याट ह्यानककले कोरोना भाइरसविरूद्धको खोपको मानव परीक्षण गर्न लागिएको घोषणा गरेका हुन् ।
कोरोनाविरूद्धको खोप बेलायत सरकारको उच्च प्राथमितामा रहेको बताउँदै उनले यसका लागि बेलायतले अन्य देशको तुलनामा धेरै रकम लगानी गरेको दाबी पनि गरे ।
अबको ६ महिना (सेप्टेम्बरसम्म)मा अक्सफोर्ड विश्वविद्यालयले खोप तयार गरिसक्ने बताइएको छ । तर महिनौं लागे पनि खोप परीक्षणका क्रममा सफल हुने सम्भावनाका साथै विफल हुने समेत उच्च जोखिम रहेको विज्ञहरु बताउँछन् ।
Categorized in अन्तर्राष्ट्रिय