कोरोना संक्रमणका कारण थप २ जनाको मृत्यु
Janjati Khabar – जनजाति खबर | २०७७ श्रावण १६, शुक्रबार
काठमाडाैं – वीरगन्जमा कोरोना संक्रमणका कारण थप २ जनाको मृत्यु भएको छ ।
वीरगन्ज महानगरपालिका वडा नम्बर १६ नगवाका ३५ वर्षीय युवक र वडा नम्बर २ छपकैयाका ७० वर्षीय वृद्धको बिहीबार मृत्यु भएको हो ।
नगवाका ३५ वर्षीय युवकको गण्डक अस्थायी कोभिड अस्पतालको आइशोलेसनमा उपचारका क्रममा बिहीबार बेलुकी पौने ८ बजे मृत्यु भएको हो । ज्वरो आएपछि साउन ५ गते उनलाई तराइ हस्पिटलमा भर्ना गरिएको थियो । तराइ हस्पिटलमा उपचारका क्रममा उनको स्वास्थ्य अवस्था बिग्रिदै गएपछि कोरोनाको आशंकामा उनलाई साउन १३ गते कोभिड अस्पताल भर्ना गरिएको थियो । साउन १३ गते नै उपचारका क्रममा उनको स्वाब संकलन गरी नारायणी अस्पतालको प्रयोगशालामा पठाइएको थियो । उनको प्रयोगशालाबाट राति साढे १० मात्रै उनको पोजिटिभ रिपोर्ट आएको नारायणी अस्पतालले जानकारी दिए ।
यस्तै वीरगन्ज–२ छपकैयामा बिहीबार बिहान आफनै घरमा मृत्यु भएका ७० वर्षीय वृद्धमा पनि कारोना संक्रमण भएको पुष्टि भएको हो । नारायणी अस्पतालको प्रयोगशालाबाट बिहीबार राति १० बजे प्राप्त रिपोर्टमा मृतक वृद्धमा कोरोना संक्रमण रहेको जनाइएकाे छ।
Categorized in राष्ट्रिय