STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

कोसीमा माओवादीका मन्त्रीहरूले दिए राजीनामा

Janjati Khabar – Janjati Khabar | २०८१ श्रावण ११, शुक्रबार

काठमाडौं - कोसी प्रदेश सरकारका सम्मिलित नेकपा माओवादी केन्द्रका मन्त्रीहरूले मुख्यमन्त्री हिक्मत कार्कीसमक्ष राजीनामा बुझाएका छन्। 

शुक्रबार दिउँसो मुख्यमन्त्री कार्यालय पुगेर उनीहरूले राजीनामा बुझाएका हुन्। त्यसअघि माओवादीका तर्फबाट मन्त्री बनेका माओवादी नेताहरूले पत्रकार सम्मेलन गर्दै सरकार छाड्ने घोषणा गरेका थिए।

उनीहरूले मुख्यमन्त्री हिक्मत कार्कीले सहमतिको सरकार बनाउन चाहेका कारण आफूहरूले सहज बनाएर राजीनामा दिएको बताएका छन्। कोसीमा माओवादीका तर्फबाट तीन जना मन्त्री र एक राज्यमन्त्री थिए।

माओवादीबाट प्रदेशमा गणेश उप्रेती भौतिक पूर्वाधार, राजेन्द्र कार्की स्वास्थ्य, नारायण बुर्जामगर पर्यटन वन तथा वातावरण मन्त्री र बन्दना झागड वन पर्यटन तथा वातावरण राज्यमन्त्री थिइन्। 

Categorized in राजनीति