STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकाले दिएन भिसा, विश्वकप खेल्ने सपना अधुरै

Janjati Khabar – Janjati Khabar | २०८१ जेठ १८, शुक्रबार

काठमाडौं – क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकाले भिसा फेरि पनि भिसा दिन अस्वीकार गरेको छ ।

परराष्ट्र मन्त्रालयले दूतावासलाई नोट पठाएपछि अन्तर्वार्ताका लागि बोलाए पनि उनलाई भिसा दिन अस्वीकार गरेको हो । 

नेपाली क्रिकेट समर्थकहरुले उनलाई भिसा दिनुपर्ने माग राख्दै सामाजिक सञ्जाल र सडकबाट दबाब सिर्जना गरेका थिए ।

योसँगै उनको विश्वकप खेल्न जाने सम्भावना अब सकिएको छ । 

भिसाको लागि खेल मन्त्रीको पहल

यसअघि क्रिकेटर सन्दीपको भिसा अस्वीकार भएको विषयमा खेल मन्त्री विराजभक्त श्रेष्ठले आवश्यक पहल सुरु गरेको युृवा तथा खेलकुद मन्त्रालयले जनाएको थियो। 

मन्त्री श्रेष्ठले खेलकुद मन्त्रालयले परराष्ट्र मन्त्रालयलाई सन्दीपको भिसा उपलब्धको लागि आवश्यक सहजीकरण गर्न अनुरोध गर्दै पत्र पठाएको जनायो। काठमाडौंस्थित अमेरिकी दूतावासले बुधबार सन्दीपलई अमेरिकाको भिसा उपलब्ध गराउन अस्वीकार गरेको थियो।

दूतावासले भिसा नदिएकोबारे कारण खुलाएको छैन। सन्दीपले अमेरिका र वेस्ट इन्डिजमा जून २ देखि शुरु हुने टी २० विश्वकप खेल्नका लागि भिसाको आवेदन गरेका थिए।

Categorized in खेलकुद