STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

खुल्यो कक्षा ९ र एसईई परीक्षाको आवेदन फारम

Janjati Khabar – Janjati Khabar | २०७७ पौष १५, बुधबार

राष्ट्रिय परीक्षा बोर्डले कक्षा ९ को रजिष्ट्रेसन फाराम र कक्षा १० (एसईई) को आवेदन फारम खुलाएको छ ।

कोरोना भाइरस कोभिड–१९ का कारण रजिष्ट्रेसन फाराम र आवेदन फारम बोर्डले ढिला गरी खुलाएको हो । 

१६ पुसदेखि २१ माघसम्ममा विद्यालयहरुले विद्यार्थीको रजिष्ट्रेसन र आवेदन फाराम भराइसक्नुपर्ने छ ।

‘रजिष्ट्रेसन फाराम र आवेदन फारम खुलाएका छौं’, परीक्षा नियन्त्रक रामराज खकुरेलले भने, ‘परीक्षा कसले गर्ने निर्णय भएको छैन तर जसले परीक्षा लिए पनि विद्यार्थीको  फारम भराउने निर्णयमा पुगेका हौं ।’

कोरोनाका कारण एसईईको परीक्षा बोर्डले, प्रदेशले, स्थानीय तहले गर्ने अथवा विद्यालयलाई नै दिने भन्ने निर्णय भएको छैन । सरकारले निर्णय नगर्दा बोर्डले परीक्षाको तयारी गर्न पाएको छैन ।

यो समयमा प्रश्नपत्र तयार पाररे छपाइको काम सकिनु पर्ने हो । तर प्रश्नपत्र तयार पार्ने काम अगाडि बढेको छैन । परीक्षाको तयारी र पठनपाठन नभएका कारण यो वर्ष चैतमै परीक्षा गर्न नसिकने बोर्ड अधिकारीहरू बताउँछन् ।

Categorized in शिक्षा