गए राती देखि विद्युत् सेवा अवरुद्ध
Janjati Khabar – जनजाति खबर | २०७६ आषाढ ८, आइतबार
गए रातिदेखि परेको अविरल वर्षाका कारण सल्यानमा विद्युत् अवरुद्ध भएको छ । विद्युत्को दाङ–सल्यान प्रसारण लाइनअन्र्तगत विभिन्न ठाउँमा समस्या आएपछि शनिबार रातिदेखि विद्युत् अवरुद्ध बनेको हो ।
विद्युत् प्रसारण अवरुद्ध हुँदा जिल्लाका उद्योग, कलकारखाना तथा सरकारी कार्यालयसमेत प्रभावित भएका छन् । बिहानदेखि विद्युत् मर्मत गरी सञ्चालन गर्ने प्रयास गरिएको भए पनि अविरल वर्षाका कारण कठिनाइ भएको विद्युत् प्राधिकरणले जनाएको छ ।
वर्षाका कारण शारदा नगरपालिका–१ चैवाङमा पीपलको रूख ढलेर पोल टुटेपछि विद्युत् सञ्चालन गर्न कठिनाइ भएको विद्युत् प्राधिकरणका प्रमुख अर्जुन पोख्ररेलले जानकारी दिनुभयो ।
Categorized in राष्ट्रिय