STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

गैरसंसदीय शब्द अभिलेखबाट हटाउन सभामुखको रुलिङ

Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख २७, शुक्रबार

सभामुख कृष्णबहादुर महराले नीति तथा कार्यक्रम पारित गर्ने दिन यही वैशाख २४ गते सदनमा प्रयोग भएका गैर संसदीय शब्द सङ्घीय संसद् सचिवालयको अभिलेखबाट हटाउन निर्देशन दिनुभएको छ ।
प्रतिनिधिसभाको आजको बैठकको प्रारम्भमै सभामुखले सो दिन प्रयोग भएका शब्दका बारेमा आफ्नो ध्यानाकर्षण भएको बताउँदै सचिवालयलाई उक्त निर्देशन दिनुभएको हो । सोही क्रममा नेपाल कम्यनिष्ट पार्टी ९नेकपा० का सांसद खगराज अधिकारीले सभामुखको रुलिङप्रति सम्मान व्यक्त गर्दै नीति पारित गर्ने दिन जिज्ञासाका क्रममा अरु पनि गैरसंसदीय शब्द प्रयोग भएका भन्दै सबै शब्द अभिलेखबाट हटाउन माग गर्नुभएको थियो । 
सरकारको आर्थिक वर्ष २०७६÷७७ को नीति कार्यक्रममाथि उठेका प्रश्नको उत्तर दिने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले गैर संसदीय शब्द प्रयोग गर्नुभएको प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले आरोप लगाएको थियो ।  
बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार सम्हाल्ने सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनुभएको थियो । सो पत्रअनुसार प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीको कार्यभार उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेललाई तोक्नुभएको उहाँले जानकारी दिनुभयो । 
 
     विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता पेश
 त्यसैगरी बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाले  “आर्थिक वर्ष २०७६÷७७ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा ९कर प्रस्ताव बाहेक०  छलफल गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्नुभयो । 
उक्त प्रस्ताव पेश गर्दै उहाँले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता खाकाभित्र रहेर बजेट तर्जुमा गरिने जानकारी गराउँदै छलफलमा उठेका विषयवस्तुलाई बजेटको मार्ग दर्शनका रुपमा लिने बताउनुभयो ।
अर्थमन्त्री डा खतिवडाले संवैधानिक व्यवस्था अनुसार नागरिकका मौलिक हक र अधिकार सम्बन्धी कानूनको प्रभावकारी कार्यान्वयन गर्दै जीवनयापनका न्यूनतम आधारभूत आवश्यकता शीघ्र पूरा गरिने विनियोजन विधेयकको प्राथमिकता रहेको उल्लेख गर्नुभयो । 
उहाँले आगामी आवको बजेटमा खाद्य सुरक्षा, रोजगारी, आधारभूत शिक्षा, जनस्वास्थ्य, आवास, सामाजिक सुरक्षालगायतका मौलिक कार्यान्वयन गर्न बनेका कानूनको कार्यान्वयन गरी सुरक्षित, सम्मानजनक र गुणस्तरीय जीवनयापनको अवसर सुनिश्चित गर्दै लगिने बताउनुभयो । 
अर्थमन्त्री खतिवडाले बजेटमा आगामी दुई वर्षभित्र सबै बालबालिकालाई भर्ना गराउँदै ‘साक्षार नेपाल’ घोषणा तर्फ बजेट लक्षित गरिने, जोखिमयुक्त बस्तीका सबै परिवारलाई सुरक्षित स्थानमा सुविधायुक्त आवासको व्यवस्था गर्ने, आगामी आवलाई युवा परिचालन वर्षका रुपमा लिइनेलगायतका प्राथमिकता रहेको अवगत गराउनुभयो ।
प्रतिनिधिसभाको अर्को बैठक यही वैशाख २९ गते दिउँसो ११ बजे बस्नेछ ।
Categorized in राष्ट्रिय