STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

चर्को आलोचनापछि हर्क साम्पाङले मागे माफी

Janjati Khabar – Janjati Khabar | २०७९ पौष ३, आइतबार

धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई साम्पाङले आफूले फेसबुकमा पोस्ट गरेको स्टाटसबारे स्पष्टीकरण दिएका छन् । चर्को आलोचना हुँदै गएपछि हर्कले स्पष्टीकरण दिएका हुन् ।

‘मिति २०७९/८/२८ मा मेरो फेसबुक पेजमा मैले पोष्ट गरेको स्टाटसमा गाउँले ठट्यौली उखानको शैलीमा चमारे शब्द अप्रत्यासित प्रयोग हुन जाँदा दलित समुदायलाई नराम्रो लागेको यथार्थप्रति दुःख व्यक्त गर्दै उक्त शब्दले धेरैलाई दुःखी बनाएको रहेछ,’ हर्कले आइतबार विज्ञप्ति निकालेर भनेका छन्, ‘त्यसका लागि क्षमाप्रार्थी छु ।’

साथै उनले कसैलाई ठेस पुर्‍याउने आफ्नो नियत नरहेको र नियतवश उक्त स्टाटस पोस्ट नगरेको प्रस्टीकरण दिएका छन् ।

हर्कको उक्त स्टाटसपछि राष्ट्रिय दलित आयोगले उनीमाथि कारबाही गर्न गृह मन्त्रालयमा सिफारिस गरेको छ । साथै यो प्रकरणपछि उनको चर्को आलोचना हुँदै आएको छ ।

Categorized in राजनीति