STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

छलफल निष्कर्षमा नपुगी सचिवालय बैठक टुूंगियाे

Janjati Khabar – Janjati Khabar | २०७७ मङ्सिर २०, शनिबार

 

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठक सम्पन्न भएको छ । शनिबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सचिवालय बैठक सम्पन्न भएको छ । 

बैठकमा अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीले मंसिर १३ गते प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कात्तिक २८ गते पेश गरेको प्रस्तावमाथि छलफल भएको छ ।

छलफल निष्कर्षमा नपुगेपछि थप छलफल स्थायी कमिटीमा गर्नेगरी बैठक सम्पन्न भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । ‘अब उक्त बैठकमै पार्टीको संकट त्यसको निवारण र निकासको सम्बन्धमा छलफल हुनेछ’, प्रवक्ता श्रेष्ठले भने । 

नेकपाको स्थायी कमिटी बैठक आइतबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्दैछ । 

यसअघि १८ गतेका लागि बोलाइएको स्थायी कमिटी बैठक सचिवालय बैठक लम्बिएपछि २१ गतेका लागि सारिएको थियो । स्थायी कमिटी बैठक लगत्तै मंसिर २५ गतेदेखि केन्द्रीय समिति बैठक बोलाइएको छ। 

Categorized in राजनीति