STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

जङ्गली हात्तीको आक्रमणबाट एकको मृत्यु, छ घाइते

Janjati Khabar – जनजाति खबर | २०७६ मङ्सिर २५, बुधबार

जङ्गली हात्तीको आक्रमणबाट कञ्चनपुरको महाकाली नगरपालिका–२ मा अवस्थित मायापुरी सामुदायिक वनमा एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले नगरपालिका–२ का ३८ वर्षीया वसन्ती भट्टको आज विहान मृत्यु भएको जानकारी दिनुभयो । स्थानीय ललिता बोहरा, सुनिता विष्ट, उमा साउँद र सुशीला बम घाइते आक्रमणबाट हुनुभएको छ । उहाँहरु बिहान घाँस काट्न जङ्गल जाँदा हात्तीको आक्रमणमा पर्नुभएको थियो । इलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रमुख प्रहरी निरीक्षक चेतराम पनेरुले घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको र उपचारका लागि भारतको खटिमा पठाइएको जानकारी दिनुभयो । उहाँले एकजना जङ्गलमा हराइरहेको हुँदा खोजीकार्यमा स्थानीय र प्रहरी जुटिरहेको जानकारी दिनुभयोे ।
Categorized in अपराध-दुर्घटना