STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

जनचाहना अनुसार सरकारले काम गरेको छ ः मुख्यमन्त्री गुरुङ

Janjati Khabar – जनजाति खबर | २०७६ फाल्गुण २, शुक्रबार

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले अमूर्त कुरा गरेर क्रान्ति नहुने बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी नेकपा स्याङ्जाद्वारा ‘जनआन्दोलन तथा जनयुद्धका शहीदको स्मृतिमा समाजदोन्मुख जनताको जनवाद’ विषयक बिहीबार यहाँ आयोजित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले देशमा गणतन्त्र स्थापना भइसकेको अवस्थामा क्रान्तिका अमूर्त कुरा गरेर समय खेर नफल्न आग्रह गर्नुभयो । “देशको अवस्था र माटो सुहाउँदो कामले मात्रै सफलता प्राप्त हुन्छ । अन्य मुलुकको शैलीमा क्रान्ति गर्छु भन्दै हिँडेर कही पुगिदैन । ” नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का गण्डकी प्रदेश इञ्चार्ज समेत रहनुभएका मुख्यमन्त्री गुरुङले पार्टीले देशको माटो र जनताको चाहनाअनुसार नै काम गर्दै आएकाले जनताको नेकपाप्रति आकर्षण बढेको बताउनुभयो ।
Categorized in राष्ट्रिय