जलथलको जैविक विविधताको संरक्षण गरिने
Janjati Khabar – जनजाति खबर | २०७६ जेठ २७, सोमबार
जैविक विविधताले भरिपूर्ण झापाको जलथलस्थित सामुदायिक वनमा वन मिचाह प्रजातिले रैथाने वनस्पतिको विस्थापन शुरु गरेको छ ।
भद्रपुर नगरपालिका, बाह्रदशी, केचनकवल र हल्दिबारी गाउँपालिकाभित्र रहेका २२ वटा सामुदायिक वन जैविक विविधताले महत्वपूर्ण देखिन्छ । यहाँ पहाडमा मात्र पाइने कटुस, चिलाउनेलगायत तराईमा पाइने विभिन्न प्रजातिका वनस्पति पाइन्छन् । ती वस्नपतिको प्याङ्ग्री लहरा, आलुपाते, लज्जावती, सत्यनाशी, जलकुम्भीजस्ता वन मिचाहा प्रजातिले रैथाने जातिको विस्थापन गरी लोप हुने अवस्थामा पु¥याउने खतरा बढ्दै गएको हल्दिबारी गाउँपालिकाका अध्यक्ष रवीन्द्र लिङ्देनले बताउनुभयो ।
जलथल जैविक विविधताको व्यवस्थापन गर्ने र यसको महत्वलाई अन्तर्राष्ट्रियस्तरसम्म पु¥याउने उद्देश्यले रोयल बोटानिक गार्डेन एडिनवर्ग नामक संस्थाअन्तर्गत फरेष्ट एक्सनले तीनवर्षे योजना बनाएर काम शुरु गरेको छ । रु चार करोडको बजेटमा काम शुरु गरेको संस्थाले यी वन मिचाह प्रजातिका वनस्पतिबाट ‘अग्र्यानिक कम्पोस्ट’ मल बनाउने, यहाँ भएका वनस्पतिको अध्ययन, गर्ने, वनको उद्यमसँगै पर्यापर्यटनमासमेत महत्वपूर्ण योगदान पु¥याउने संस्थाका फोकल पर्सन लीलानाथ शर्माले बताउनुभयो ।
तीनवर्षे योजना लिएर शुरु गरिएको कार्यक्रममा सामुदायिक वनमा जैविक विविधता व्यवस्थापन, जैविक विविधतासम्बन्धी पुस्तक, वन प्राविधिकलाई तालीम, पर्यापर्यटनलाई सहयोग पुग्ने वृत्तचित्र र नेपालमा जैविक विविधताको अवस्था तथा व्यवस्थापनसम्बन्धी बहस पैरवी गरिने फोकल पर्सन शर्माको भनाइ छ ।
उहाँले सो कार्यक्रममार्फत जलथललाई जैविक विविधता संरक्षण गर्दै विपन्न समूहको आम्दानी बढाउन सकिने वन र उद्यमलाई पर्यापर्यटनमार्फत जोड्न सकिने, मिचाह प्रजातिका रैथाने प्रजातिको उन्मूलन गर्ने र जलवायु परिवर्तनसँग जुध्न सक्षम वनका रुपमा विकास गरिने बताउनुभयो ।
नेपालमै उष्ण र समशीतोष्ण हावापानीमा पाइने विभिन्न प्रजातिका बोटबिरुवा र अत्यन्त दुर्लभ जातिका शालक, अजिङ्रलगायतका वन्यजन्तु पाइने जलथल जैविक विविधताको हिसाबले नेपालकै धनी मानिने फोरेक्ट एक्शनका कार्यक्रम संयोजक डा नयन शर्माले बताउनुभयो ।
उहाँले दुई तहको कार्यक्रमअन्तर्गत स्थानीयस्तरमा जलथल क्षेत्रको जैविक विविधता अध्ययन र व्यवस्थापकीय ढाँचाको विकास, राष्ट्रियस्तरमा यो क्षेत्रको सिकाइ र देशको अन्य भू–भागको सिकाइमार्फत जैविक विविधता व्यवस्थापनसम्बन्धी नीतिनिर्माणमा योगदान पुग्ने बताउनुभयो ।
करीब ६ हजार तीन सय हेक्टर क्षेत्रफलमा फैलिएर एकै स्थानमा केन्द्रित रहेका ती सामुदायिक वनमा पहाड र मधेश दुवै क्षेत्रमा पाइने विभिन्न प्रजातिका बिरुवा र जीवजन्तु पाइने सामुदायिक वन उपभोक्ता महासङ्घ झापाका अध्यक्ष वेदप्रकाश भण्डारीले बताउनुभयो ।
आइतबार २२ वटै सामुदायिक वनका पदाधिकारी, उपभोक्ता, स्थानीय सरकार र सरोकारवाला निकायसँग संस्थाले हल्दिबारी–४ स्थित पाथीभरा कालिका सामुदायिक वनको सभाहलमा अन्तक्र्रिया कार्यक्रमसमेत गरेको थियो ।
एक्शनले व्यवस्थापन गरेको कार्यक्रममा काठमाडौँ फोरस्ट्री कलेज, सामुदायिक वन उपभोक्ता महासङ्घ झापा र रोयल बोटानिक गार्डेन एडिनवर्ग साझेदार रहेका छन् ।
Categorized in राष्ट्रिय


