STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

डेंगुबाट सुरक्षित रहन कीटनाशक औषधि छरियो

Janjati Khabar – जनजाति खबर | २०७७ जेठ १६, शुक्रबार

काठमाडौं – उपत्यका गर्मी र लामखुट्टे बढेसँगै डेंगु रोग रोकथाम तथा नियन्त्रणको लागि विभिन्न वडामा केही दिनअघिदेखि कीटनाशक औषधि छर्किने काम हुँदैछ । काठमाडौंको भित्री शहरका सम्पूर्ण वडाका मुख्य सडकसहित गल्ली र चोकहरुमा कीटनाशक औषधि छर्किएको छ । काठमाडौं महानगरपालिका वातावरण विभागले कोरोना भाइरसको संक्रमण बढिरहेको समय डेंगुको प्रकोप नहोस् भनेर लामखुट्टेनाश औषधि छर्किएको बताएको छ । गत वर्ष उपत्यकाको भित्री सहरमा डेंगु रोग फैलिएको थियो ।
Categorized in उपत्यका