STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

तीन महिनामा सबै नेपालीलाई खोप : प्रधानमन्त्री

Janjati Khabar – Janjati Khabar | २०७७ माघ १४, बुधबार

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले अबको तीन महिनामा सबै नेपालीलाई खोप लगाइसक्ने बताएका छन् ।

आम नागरिकलाई रोग र भोकबाट बचाउनु नै सरकारको प्रमुख प्राथमिकता रहेको भन्दै उनले अबको तीन महिनासम्म सबै नेपालीले कोरोना खोप पाइसक्ने सम्भावना रहेको बताएका हुन् ।

कोरोनाविरुद्धको खोप सबै नेपालीले निःशुल्क पाउने पनि उनको भनाइ रहेको छ । यस्तै उनले कोरोना संक्रमणम सुरु हुनेबित्तिकै पालिकाहरुले गरेको कामप्रति धन्यवाद व्यक्त गरेका छन् । पालिकाको आवश्यकता कोरोना भाइरसको संक्रमणले निम्त्याएको परिस्थितिले पनि पुष्टि गरेको उनले बताए ।

यस्तै उनले आफूले खतरा मोल्न तयार भएर अरुलाई बचाउन क्रियाशिल रहने अग्रपंक्तीमा रहेका व्यक्तिहरुको पनि प्रशंसा गरेका छन् । गएको १ वर्ष अत्यन्तै कठिन परिस्थितिबाट गुज्रिएको भन्दै उनले छोटो तयारीमै नेपालले खोप ल्याउन सफल भएको बताए ।

Categorized in राजनीति