त्रिभुवन विमानस्थलको कफि पसलमा लागेको आगो नियन्त्रणमा
Janjati Khabar – जनजाति खबर | २०७६ माघ २८, मंगलबार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको एक पसलमा माघ २७ गते सोमबार राति आगलागी भएको छ ।
अन्तर्राष्ट्रिय टर्मिनलको प्रस्थाननजिकको प्रतीक्षा कक्षसँगै रहेको कफि पसलमा आगो लागेको हो । आगो लागेको केही समयपछि नै दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।
प्रारम्भिक अनुसन्धानको क्रममा विद्युत् सर्ट भएर आगो लागेको हुनसक्ने देखिएको छ । आगलागीका कारण निघौतक विमानस्थलको उडान अवतरण अवरुद्ध बनेको थियो ।
आगो समयमै नियन्त्रित भएकोले ठूलो जोखिम टरेको बताइएको छ ।
Categorized in राष्ट्रिय