त्रिमूर्ति निकेतनमा तीन संयाेजक मनोनीत
Janjati Khabar – विजयरत्न असंबरे | २०७८ कार्तिक ११, बिहिबार
त्रिमूर्ति निकेतनले आफ्नो संस्था अन्तर्गत का तीन विभिन्न अङ्गका संयाेजक हरु मनोनित गरेका छन् । निकेतनका सदस्यसचिव नरेन्द्रराज प्रसाईले जानकारी दिनु भए अनुसार सो संस्थाको साधारण सभाले लेखनाथ पौड्याल काव्यसभाका संयोजकमा प्रा केशव सुवेदी, बालकृष्ण सम फाउन्डेशनका संयोजकमा नाट्यभूषण मदनदास श्रेष्ठ र लक्ष्मीप्रसाद देवकोटा प्रतिष्ठानका संयोजकमा प्रा.डा.महादेव अवस्थीलाई मनोनीत गरेको हो ।
बिहीबार सम्पन्न त्रिमूर्ति निकेतनको साधारणसभामा १०२ वर्षीय वाङ्मय शताब्दी पुरुष डा.सत्यमोहन जोशीको पनि गरिमामय सहभागिता थियो । डा.जोशी त्रिमूर्ति निकेतनका संस्थापकमध्ये एक हुनुहुन्छ ।
त्रिमूर्ति निकेतनका संस्थापक तथा अध्यक्ष श्रीमती इन्दिरा प्रसाईको अध्यक्षतामा आज बसेको निकेतनको सभाले सो निर्णय गरेको त्रिमूर्ति निकेतनका सदस्यसचिव नरेन्द्रराज प्रसाईले जानकारी दिनुभयो ।
Categorized in साहित्य-कला

