STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

थप ३२१८ जनामा संक्रमित, उपत्यकामा ९१० जनामा संक्रमण पुष्टि

Janjati Khabar – Janjati Khabar | २०७८ श्रावण २३, शनिबार

काठमाडौं - पछिल्लो २४ घण्टामा थप ३२१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभरका विभिन्न प्रयोगशालामा ८८६६ नमूना पिसिआर परीक्षण गर्दा २२३१ मा संक्रमण देखिएको छ भने एन्टिजेन विधिबाट ४७०७ मा परीक्षण गर्दा ९८७ मा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा काठमाडौंमा थप ५९३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यस्तै ललितपुरमा १८९ र भक्तपुरमा १२८ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । यससँगै आज काठमाडौं उपत्यकामा थप ९१० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

कुल १३ हजार ५७३ जनाको नमूना परीक्षण गर्दा सो संख्याका संक्रमित थपिएका हुन्। आज थप १९ जनाको संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा १ हजार ७२२ जना कोरोनाबाट मुक्त भएका छन्।

Categorized in स्वास्थ्य-मौसम