STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

थप ५ जनामा संक्रमण, कुल संक्रमित संख्या ६०८

Janjati Khabar – जनजाति खबर | २०७७ जेठ ११, आइतबार

काठमाडौं – देशभरिमा आइतबार २४ जना कोरोना संक्रमित थपिएका छन् । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ६ सय ८ पुगेको छ । आइतबार साँझ मात्र बाँकेका ४ र बर्दियाका एक गरी ५ जना संक्रमित थपिएका हुन् । यो विवरण भने स्वास्थ्य मन्त्रालयले औपचारिक जानकारी गराएको छैन । यसबाहेक आइतबार थपिएका संक्रमितहरूमा रुपन्देहीका ६ जना, पर्साका ३ जना, कपिलवस्तुका ३ जना, काठमाडौं, झापा, बारा, रौतहट, सर्लाही, नुवाकोट र गुल्मीका एक(एक जना छन् । यीमध्ये नुवाकोटमा पहिलोपटक संक्रमण देखिएको हो। जिल्लाको ककनी गाउँपालिका-३ का स्थानीय पुरुषमा संक्रमण देखिएपछि उनी टेकु अस्पताल भर्ना भएका छन्। आाइतबार २४ जना संक्रमित थपिँदा १७ जना निको भएर घर फर्किएका छन्। वीरगन्जस्थित नारायणी अस्पतालमा उपचाररत उनीहरू आइतबार राति डिस्चार्ज भएका हुन्। उनीहरू सबै पर्साका हुन्। अहिलेसम्म नेपालमा कोरोनाबाट तीन जनाको मृत्यु भएको छ। जसमा सिन्धुपाल्चोक, गुल्मी र बाँकेका एक(एक जना हुन्।
Categorized in राष्ट्रिय