STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

थामियो नेप्से

Janjati Khabar – जनजाति खबर | २०७६ भाद्र १९, बिहिबार

धितोपत्र बजारमा कारोवारमापक नेप्से परिसूचक आज पुनः थामिएको छ । मङ्गलबार र बुधबार बढेको नेप्से आज भने थामिएको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवारमापक नेप्से ३।७ विन्दुले घटेर एक हजार १९१।०७ विन्दुमा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ०।९६ विन्दुले घटेर २५९।९० विन्दुमा पुगेको छ । नेप्से घटेसँगै कारोवार रकमसमेत औसतमा सीमित भएको छ । कूल १६७ कम्पनीको नौ लाख ५७ हजार ८८१ कित्ता शेयर रु २९ करोड एक लाख ७७ हजार ३५७ मूल्यमा खरीद बिक्री भए । स्टकका अनुसार कारोवार भएको कूल ११ उपसमूहमध्ये दुई उपसमूहको शेयर बढेको छ भने नौ उपसमूहको शेयर घटेको छ । निर्जीवन बीमा ०।१३ र सामूहिक लगानी कोष ०।०३ विन्दुले बढेको छ । यस्तै बैंकिङ ३।०३, होटल ३६।११, विकास बैंक ३।३५, जलविद्युत् ९।४६, वित्त १।९२, उत्पादन ७।३६, अन्य ०।३५, लघुवित्त ३।३७ र जीवन बीमा १८।०७ विन्दुले घटेको छ । कारोवारका आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु एक करोड ५१ लाख ९३ हजार ७४५ बराबरको कारोवार भयो । सिटिजन बैंक रु एक करोड ४४ लाख १५ लाख ८३७, एनआइसी एशिया रु एक करोड ३० लाख ३७ हजार, नागरिक लगानी कोष रु एक करोड दुई लाख ७३ हजार, प्रभु बैंक रु ८६ लाख ८२ हजार ५८७ र शिखर इन्स्योरेन्स कम्पनीको रु ८३ लाख ४० हजार ८८८ मूल्यमा खरीद बिक्री भई शीर्ष स्थानमा रहेको छ । स्टकका अनुसार आँधीखोला लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ९।८७ प्रतिशतले कमाउँदा नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था ५।९७, एनआइसी एशिया ग्रोथ फण्ड ३।७९, दिव्येश्वरी हाइड्रोपावर ३।३९, छ्याङदी हाइड्रोपावर २।६० र नेपाल इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले २।४८ प्रतिशतले कमाए । यस्तै अरुण काबेली पावर ६।९१, कर्णाली डेभलपमेन्ट बैंक ४।५४, लक्ष्मी लघुवित्त वित्तीय संस्था ३।८०, ङादी पावर ३।७० र महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्थाका शेयरधनीले ३।६ प्रतिशतले गुमाए ।
Categorized in बिजनेस