STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

दक्षिण कोरिया र उत्तर कोरियाबीच तनाव बढ्दो

Janjati Khabar – जनजाति खबर | २०७७ आषाढ ९, मंगलबार

एजेन्सी - उत्तर कोरियाले सीमा क्षेत्रमा माइकिङ् गर्दै सन् २०१८ को शिखर सम्मेलनमार्फत् दक्षिण कोरियासँग सहमति गरिएका सहमतिलाई रद्द गरिएको जनाएको दक्षिण कोरियाली सैन्य अधिकारीले बताएका छन् । “उत्तर कोरियाले सीमा क्षेत्रका ‘सैन्य गतिविधि निषेधित’ कैयौँ स्थानमा ‘लाउडस्पिकर’ जडान गरी दक्षिण कोरिया विरोधी हल्लाहरू फैलाउने गरेको छ,” दक्षिण कोरियाली समाचार संस्था योन्हाप समाचार संस्थाले जोइन्ट चिफ अफ स्टाफका एक अधिकारीलाई उद्धृत गरी लेखेको छ । उहाँले भन्नुभयो, “हामीले मनोवैज्ञानिक रूपमा युद्धको त्रास सिर्जना गर्ने उत्तर कोरियाका गतिविधिलाई नजिकबाट नियालिरहेका छौँ । हामीले उच्च तयारीका साथ सम्भावित प्रतिकारको अवस्थामा बसेका छौँ ।” उत्तर कोरियाले गरेका गतिविधिलाई पछ्याउँदै दक्षिण कोरियाले पनि सीमा क्षेत्रमा ‘लाउडस्पिकर’ जडान गर्ने बिषयमा पुनः विचार गरिरहेको जनाएको छ । पछिल्ला दुई हप्तादेखि कोरियाली सीमा क्षेत्रमा भएका भड्काउने र उत्तेजित पार्ने खालका गतिविधिले कोरियाली प्रायदीप अशान्त बनेको छ ।
Categorized in अन्तर्राष्ट्रिय