STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

दोस्रो राष्ट्रिय जनजागरण अभियानको तयारी पूरा, शीर्ष नेताहरु सुनसरी आउने

Janjati Khabar – जनजाति खबर | २०७६ भाद्र २२, आइतबार

यही भदौ २४ गते मङ्गलबार सुनसरीबाट शुरु हुने प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको दोस्रो राष्ट्रिय जनजागरण अभियानको तयारी पूरा भएको छ । महामानव विपी कोइरालाको १०६आँै जन्मजयन्तीका अवसर पारेर दोस्रो राष्ट्रिय जनजागरण अभियान सुनसरीबाट शुरु हुने तयारी पूरा भएको पार्टीका सुनसरी सभापति तथा १ नं प्रदेशका प्रमुख प्रतिपक्षी दलका नेता राजीव कोइरालले बताउनुभयो । जागरण अभियानमा नेपाली काङ्ग्रेसका शीर्ष नेताहरु सुनसरी आउने तयारी भएको पार्टीका सभापति कोइरालाले बताउनुभयो । कार्यक्रमलाई सम्बोधन गर्न पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशाङ्क कोइराला, विजयकुमार गच्छदार, डा शेखर कोइराला, सुजाता कोइराला लगायतका शीर्ष नेताहरु सुनसरी आउने कार्यक्रम तय भएको पार्टीका सुनसरी सचिव केदार भण्डारीले बताउनुभयो । जागरण अभियान कार्यक्रमलाई लक्षित गरेर मञ्च व्यवस्थापन, कार्यकर्ताहरुलाई आमन्त्रण गर्ने लगायतका कार्य भइरहेको पार्टीका सचिव भण्डारीले बताउनुभयो । सुनसरीमा पछिल्लो समय काङ्ग्रेस बलियो बन्दै गएको र अझ बलियो बनाउनका लागि सुनसरीबाटै जागरण अभियान शुरु गर्ने तयारी भएको पार्टीले जनाएको छ । काङ्ग्रेसले अभियानकै क्रममा सरकारका गलत क्रियाकलाप विरुद्धमा आफ्ना नेता तथा कार्यकर्तासहितका मतदाताहरूलाई सचेत बनाउने, कार्यकर्ताको मनोबल उच्च बनाउनेदेखि पार्टी सदस्यतासमेत वितरण गर्नेसम्मको कार्यक्रम तय गर्ने तयारी भएको पार्टीका सचिव भण्डारीले बताउनुभयो । यसैबीच अभियानका क्रममा इनरुवा–२ मा रहेको पार्टी कार्यालय परिसरभित्र निर्माण गरिएको गिरिजाप्रसाद कोइराला स्मृति भवनको उद्घाटनसमेत सोही दिन गर्ने तयारी भएको पार्टीले जनाएको छ ।
Categorized in राजनीति